दमक/ झापाको कमलमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरी रहेका प्रहरीले जनाएको छ । दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेका थिए ।
घाइते चौधरीको उपचारको क्रममा शनिबार लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ । संलग्न बास्तोलालाई घटना भए लगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box