दमक/  नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघको दोस्रो दमक नगर अधिवेशन सम्पन्न भएको छ ।

महासंघका कोशी प्रदेश अध्यक्ष तथा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य राज कुमार थापाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न अधिवेशनले खड्गबहादुर राईको अध्यक्षतामा उपाध्यक्ष सुशिल तामाङ, महिला उपाध्यक्ष निशा थापा, सचिव चेतना निरौला , उपसचिव वेनु गौतम र कोषाध्यक्ष राजेश नेपाल रहेको ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ का इन्चार्ज , दिपक कारर्की प्रमुख वक्ता रहेको सो अधिवेशनको उदघाटन कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा दमक नगर इन्चार्ज होम बहादुर थापा , सुशील राई लगायतको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा खेलकुद महासंघका केन्द्रिय सदस्य तथा शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङगालुङ, नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेल लगायतको आतिथ्य रहेको थियो । महासंघको नगर इञ्चार्जको जिम्मेवारी महासंघका जिल्ला कमिटी सदस्य चन्द्रप्रसाद पौडेलले पाएका छन् ।

Facebook Comments Box