दमक/ झापाको कमल गाउँपालिकाले आयोजना गरेको झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधी शिवसताक्षी नगरपालिकाले जितेको छ । आयोजक कमल गाउँपालिकासँग शनिबार भएको फाइनल खेलमा कमल गाउँपालिकालाई ३ –० को गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिकाले उपाधी जितेको हो ।

फाईनल जितसंगै शिवसताक्षीले नगद १ लाख रुपैयाका साथ ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको छ । उपविजेता बनेको कमल गाउँपालिकाले नगद ५० हजार रुपैयाका साथ ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको छ ।
कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सो प्रतियोगिता सञ्चालन भएको थियो ।

अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको पहिलो हाफमा शिवसताक्षी नगरपालिकाका तर्फबाट सचिन श्रेष्ठले पहिलो गोल गरेका थिए । दोश्रो हाफमा शिवसताक्षीकै उमेश दनुवारले थप एक गोल गरेर आफ्नो टिमको जित सुनिश्चित गरेका थिए । खेलको अन्ततिर कमल गाउँपालिकाका बिदुर लिम्बुले गरेको आत्माघाती गोलसंगै शिवताक्षी नगरपालिका ३ शुन्य गोल अन्तरले विजेता बन्ने मौका पाएको हो ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर शिवसताक्षीका गणेश आचार्य, वेष्ट डिफेण्डर कमलका विदुर लिम्बु, वेष्ट मिड फिल्डर कमलका सुरज आङदेम्बे , हाई स्कोरर शिवसताक्षीका सचिन श्रेष्ठ (८ गोल) प्रतियोगिताको उत्कृष्ट खेलाडी शिवसताक्षीका श्रवण मल्लिक , म्यान अफ द म्याच शिवसताक्षीका उमेश दनुवार बन्न सफल भए । त्यसैगरी गौरीगञ्ज गाउँपालिकाले फेयर प्ले टिमको प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेता शिवसताक्षीले नगद १ लाख रूपैया राशीको पुरस्कार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता आयोजक कमलले नगद ५० हजार रुपैयामा चित्त बुझाएको छ ।
बिधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्टले किपर, बेस्ट डिफेन्डर,. हाई स्कोररले नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाएका छन् ।

विजेता तथा उपविजेता टिमलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकालले पुरस्कार, ट्रफी , मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
झापा जिल्लाका १५ वटै पालिकाहरुबीचको सहभागितामा हुँदै आएको यो प्रतियोगिता विजेता शिवसताक्षी नगरपालिका अर्को बर्षको प्रतियोगिता आयोजक पालिका बन्नेछ ।

 

Facebook Comments Box