दमक/ दमकका युवा व्यक्तित्व शम्भु भण्डारीले नेकपा सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघ नेपाल झापाको संयोजकको जिम्मेवारी पाउनु भएको छ । उहाँँ यस अघि तत्कालिन नेकपा एमाले सम्बद्ध युवा संघ नेपालको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँसंगै राष्ट्रिय युवा संघ झापाको सहसंयोजकको जिम्मेवारी दधि रिमालले पाउनु भएको छ । उहाँ यस अघि तत्कालिन नेकपा माओवादी केन्द्र सम्बद्ध वाइसिएलको जिल्ला नेता हुनुहुन्थ्यो । उहाँले आज सपथ ग्रहण गर्दै जिम्मेवारी सम्हाल्नु भएको हो ।

राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको केन्द्रिय सदस्य कर्म पूलामीले जानकारी दिनु भयो ।

लमजुङ र दैलेखमा भने संयोजक तोकिएको छैन । त्यसैगरी मोरङ संयोजकको जिम्मेवारी साविकको युवा संघ नेपालका नविन पौडेलले पाउनु भएको छ । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ । त्यसैगरि माओवादी केन्द्र निकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ । राष्ट्रिय युवा संघको केन्द्रीय समितिको बैठकपछि आजदेखि राष्ट्रिय भेला समेत शुरु भएको केन्द्रिय सदस्य पूलामीले जानकारी दिनु भयो ।

 

Facebook Comments Box