दमक/ दमक– १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले अभिभावक दिवस तामझामसहित विभिन्न कार्यक्रम गरेर मनाएको छ । स्कूलमा आयोजित विशेष कार्यक्रममा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले कलात्मक गीत,नृत्य प्रस्तुति गरेर मनोरञ्जन प्रदान गरेका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक वेषभूषामा सृजनशील प्रतिभा प्रस्तुत गरेका थिए भने अभिभावकहरुवीच खेलकुदका कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
कक्षा नर्सरीदेखि आधारभूत तहसम्मका विद्यार्थीहरुले गीत ,नृत्य तथा साँस्कृतिक गरि विभिन १२ वटा आर्कषक प्रस्तुतिहरु देखाएका बिद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले जानकारी दिए । विशेषगरि मारुनी, लिम्बूसहितका एकल तथा सामूहिक नृत्य देखाएका थिए । त्यसैगरि, विद्यार्थीहरुले आफ्नो वाककला समेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा स्कूलले अभिभावकबीचको इनआउट खेलमा आशिष चेम्जोङ, प्रकाश थापा र मदन तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर पुरस्कृत बने । महिला अभिभावकको तातो आलु खेलमा पहिलो सुनिता अधिकारी, दोश्रो शान्तिकला राई र कल्पना राईले तेस्रो स्थान हाँसिल गरेर पुरस्कृत भईन् ।
बोअलिङतर्फ कमलप्रसाद आङ्देम्बे, मकरबहादुर तामाङ र कार्यक्रमका प्रमुख अतिथि कुबेरप्रसाद भट्टराई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
लगायतका स्कूलका संस्थापक निर्देशक मनोज साम्पाङ राईको अध्यक्षता तथा दमक ९ का वडाध्यक्ष समेत रहेका नगर शिक्षा समितिका संयोजक कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने दमक १ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, कमल प्रसाद आङदेम्बे, श्रीप्रसाद वनेम लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्कूलका शिक्षक रमण दाहालले विद्यालयको प्रगति बारेमा अभिभावकहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षक विनोद भण्डारीले मनोरञ्जनात्मक खेलको संयोजनमा सम्पन्न भएको थियो भने स्कूलका प्रिन्सीपल राईले धन्यवाद ज्ञापन गरेका थिए ।
