दमक / दमक उद्योग वाणिज्य संघले आम्दा अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्ड डा. शिखर कट्टेलसहित तीन जनालाई सम्मान गरेको छ ।
संघले डा. कट्टेल,निर्माण व्यवसायी संघ झापाका नवनिर्वाचित अध्यक्ष रमेश अधिकारी र दमक जेसीजका नवनिर्वाचित अध्यक्ष सहदेव भटट्राईलाई सम्मान गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ र वर्तमान अध्यक्ष देवीप्रसाद गुरागाइँ गोपालले उनीहरुलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरेका छन् ।
दमकका संघ संस्थाहरु र वाणिज्य संघबीच अन्योन्याश्रित सम्बन्ध रहेको र एकापसमा समन्वय सहकार्यलाई थप प्रभावकारी बनाउन यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष गुरागाइँले जानकारी दिए ।
बुधबार संघको आफ्नै सभाकक्षमा आयोजित कार्यक्रममा आम्दा अस्पताल दमकका पूर्व मेसुद्धय डा. प्रकाश शर्मा, डा. नविन ढकाल, आम्दा नेपालका निर्देशक सुमनकुमार नेपाल, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी, वाणिज्य संघका कानुनी सल्लाहकार नारायण केसी लगायत वाणिज्य संघका सल्लाहकार संयोजक राजकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, प्रथम उपाध्यक्ष राजकुमार योग्यां , द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, लेखा संयोजक नेत्र चम्लागाइँ सहित व्यवसायी नेताहरु सहभागी थिए ।
यसअघि गत मसिंर २८ मा सम्पन्न नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनमा निर्वाचित पत्रकारहरुलाई गरेको सम्मान कार्यक्रममा छुटेका पत्रकार भुमिराज पराजुलीलाई पनि सम्मान गरेको थियो । पराजुली महासंघको जिल्ला सदस्यमा निर्वाचित भएका थिए । महासंघमा निर्वाचितहरुको सम्मान कार्यक्रम यसअघिनै गरिएको भएपनि पराजुली छुटेकाले सोही कार्यक्रममा जोडिएको संघले जनाएको छ ।