चितवन/ मारवाडी समुदायलाई संगठित गर्दै सामाजिक गतिबिधि गर्दै आएको मारवाडी सेवा केन्द्र ,नारायणगढको १४ औं साधारण सभा तथा अधिवेशनले पंकज अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
यही माघ १४ गते सम्पन्न १४ औ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा अग्रवालसहितको नेतृत्व सर्वसम्मत चयन भएको हो ।
मारवाडी सेवा केन्द्रको आफ्नै भवनमा भएको अधिबेशनबाट उपाध्यक्षद्वय मनोज अग्रवाल र बिकास बर्मा चुनिएका छन् । त्यसैगरी महासचिबमा निरज अग्रवाल , कोषाध्यक्षमा राकेश हरलालका ,सचिबमा सुशील अग्रवाल चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा अशोक अग्रवाल , डा. आदित्य जलान , दिपक डालमिया , प्रदिप अग्रवाल चयन भएका छन ।

सेवा केन्द्रको भवनमा भएको अधिबेशनमा निर्बाचित समितिलाई निर्वाचन समिति संयोजक रामशरण सिलवालले प्रमाणपत्र बितरणा गरेका थिए ।
सो अवसरमा उद्योगपती एबम सामाजिक ब्यक्तित्व पवन कुमार अग्रवाल , नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष एबम् सेवा केन्द्रका पूर्ब अध्यक्ष उमाशंकर अग्रवाल र पुर्ब अध्यक्ष प्रमोद चाचानले शुभकामना मन्तव्य राखेका थिए ।