शिवसताक्षी/ झापा शिवसताक्षीमा पिकअप भेनले स्कुटरलाई ठक्कर दिदा   एक जनाको मृत्यु  भएको छ ।

पूर्व पश्चिम राजमार्गको दूधे माइधार सडक खण्डको झरना पुल नजिक दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी ९ का १९ वर्षीय सुजल अधिकारीको विर्तामोड स्थित विएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२००२ च ६४५४  पिकअप भेनले, पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१–०१२ प ३३७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।  पिकअप चालक तेह्रथुमको म्याङलुङ नगरपालिका–४ का ३६ वर्षीय अर्जुन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

Facebook Comments Box