पाँचथरको तुम्बेवा गाउंपालिका वडा नम्बर १ साबिक आङ्नाको रातमाटेकी ३९ बर्षिया मनमति तामाङ घरमै सुत्केरी भए पश्चात उच्च रक्तचापका कारण निम्तन सक्ने भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलीकप्टर मार्फत उद्दार गरि थापाथली प्रसुती गृह काठमाडौं पठाइँदै । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आउँदै गरेको बताइएको छ ।

तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले नागरिकको ज्यानको स्वास्थ्य सुरक्षा गर्नु स्थानीय सरकारको पहिलो प्राथमिकता ठानेर कार्य सम्पादन गर्दै आएको बताउनु हुन्छ ।

 

Facebook Comments Box