दमक/संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्ले संविधान सहमति र सम्झौताको दस्तावेज भएकाले कतिपयका एजेण्डाहरु समावेश हुन नसक्नु स्वभाविक भएको बताउनु भएको छ ।

आज झापाको दमकमा युथ नेटवर्कले आयोजना गरेको वैशीदुडूपको ९ औं अंकमा मुख्य वक्ताको रुपमा उपस्थित हुनुभएका नेम्वाङ्ले संविधान प्रति सयका सय प्रतिशत कोहि पनि सन्तुष्ट हुन नसक्ने बताउनु भयो । समहमती र सम्झौताको दस्तावेज भएका कारण यसलाई स्विकार्नुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।
९० प्रतिशत भन्दा बढि सदस्यको हस्ताक्षरमा संविधान जारी भएका उदाहरण संसारमा कम भएको उहाँको भनाई छ । जसले संविधानमा हस्ताक्ष्र गरेनन् संविधान जारी भए पछिका प्रकृयामा सहभागी हुँदै उनीहरु पनि संविधान कार्यान्वयनमा सहभागी भएर सहयोग गरेको उहाँले स्मरण गराउनु भयो । नेटवर्कका अध्यक्ष सन्तोस दुलालको अध्यक्षतमा भएको कार्यक्रममा राजनीतिकर्मी रमेश गुरागाँईले शुभकामना मन्तव्यका क्रममा संविधान कार्यान्वयनका लागि यस्ता छलफल तथा कार्यक्रम उपयोगी हुने बताउनु भयो । संस्थाका सचिव बिनोद तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार गोपाल झापालीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सामाजिक कार्यकर्ता प्रकास बुढाथोकीले नेम्वाङ्लाई स्वागत गर्नुभएको थियो ।