दमक/  नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन सम्पन्न भएको छ । सोमबार भएको निर्वाचन परिणामबाट आंिशक पदाधिकारी सदस्यहरु चुनिएका हुन् ।

उपशाखाको सभापतिमा चन्द्र साहसहित पाँच जना यसअघि निर्विरोध निर्वाचित भएका थिए ।

सभापतिसहित कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष र महिला सदस्यमा निर्विरोध भएपनि उपसभापतिसहित सचिव र चार सदस्य पदका लागि सोमबार निर्वाचन भएको थियो ।
उपसभापतिमा नरमाया तामाङले १६० मत ल्याउँदै विजयी भईन् भने उनकी प्रतिद्धन्दी चन्द्रकला भण्डारीले ११८ मत ल्याएकी थिईन् ।
सचिवमा पारसमणि राईले १३९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी किरण चाम्लिङले १२९ मत ल्याएका थिए ।

पराजित भण्डारी रेडक्रस उपशाखाकी निर्वतमान उपाध्यक्ष हुन् भने सचिवमा पुनः पारसमणि निर्वाचित भएका हुन् ।
यसैगरि, चार सदस्यहरुमा सर्वाधिक १७२ मत ल्याएर रविन कार्की विजयी भएका छन् ।

कार्की रेडक्रस कमलको भवन निर्माणका लागि जग्गादान गर्ने दाता परिवारका सदस्य पनि हुन् ।
यस्तै , एकराज प्याकुरेल (१६७ ) , केशव तिम्सिना ( १६१) ,दिलकुमारी गुरुङले १४८ मत ल्याएर विजयी भएको रेडक्रस झापाका उपमन्त्री समेत रहेका निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलले जानकारी दिए ।
४१३ मतदाता रहेको उपशाखाको निर्वाचनमा २८२ मत खसेको थियो ।

११ सदस्यीय कार्यसमितिमा सभापतिमा चौथो कार्यकालका लागि पुनः चन्द्र साह, उपसचिवमा विष्णु सुब्बा आङदेम्बे, कोषाध्यक्षमा प्रमोदकुमार दाहाल ,उपकोषाध्यक्षमा सन्तोष राई र महिला सदस्यमा बिमला भट्टराई निर्विरोध चुनिएका थिए । निर्विरोध सवै निर्वतमान समितिको सोहि पदकै जिम्मेवारीमा रहेका थिए ।

 

Facebook Comments Box