होटल व्यवसायी संघको नेतृत्व चयन

Author Nishkarsha News
२०८१ पुष २८, आईतवार १८:५८

दमक/ झापाको दमकका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ दमकको अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः योगराज दंगाल चयन भएका छन् ।

शनिबार पर्यटकीयस्थल चपेटीमा सम्पन्न वनभोजसहितको १६ औं बार्षिक चुनावी साधारण सभाले दंगालको अध्यक्षतामा संघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार गौतम, महिला उपाध्यक्षमा सकोन्तला कार्की उपाध्यक्षमा रुद्र कार्की, महासचिवमा भुपेन्द्र न्यौपाने र सचिवमा रमेश दाहाल लगायत चुनिएका छन् ।

संघका अध्यक्ष दंगालको सभापतित्वमा सम्पन्न साधारण सभा ताथ वनभोज कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, दमक ७ का वडाध्यक्ष भिम पौडेल, ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल , ९ का वडाध्यक्ष कुबेर भट्टराई लगायतको आतिथ्य रहेको थियो ।
सो अवसरमा दमक होटल व्यवसायी चेतबहादुर राउत (काजी)लाई होटल व्यवसायको क्षेत्रमा अग्र्यानिक खानेकुराको प्रवद्र्धन गरेको भन्दै संघले सम्मान समेत गरेको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्