दमक/ नेपाल यातायात मजदुर संघ हलुका सवारी ईकाई समिति दमकको बिहिबार सम्पन्न नवौं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
पर्यटकीयस्थल इलाम चुलाचुलीस्थित चपेटीमा आयोजित संघको नवौं साधारण सभाले खड्ग पाण्डेको अध्यक्षतामा उपाध्यक्ष भिम पौड्याल, सचिव डिल्ली प्रसाद अधिकारी,सहसचिव हरि दाहाल र कोषाध्यक्ष प्रकाश धिमाल रहेको इकाई समिति सर्वसम्मत चयन गरेको हो ।
समितिका सदस्यहरुमा चन्द्रकान्त पौड्याल, केशव कोईराला, अर्जुन कालाखेती, केशव राउत,रमेश धिमाल, मोहन पौड्याल, शिव दंगाल र रमेश श्रेष्ठ चुनिएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको प्रमुख आतिथ्यता, ट्रेड युनियन झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको विशेष आतिथ्यमा सम्पन्न साधारण सभाको उदघाटन कार्यक्रममा कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, संघका केन्द्रीय सदस्य डार्विन संग्रौला कोशी प्रदेश अध्यक्ष विष्णु खत्री,उपाध्यक्ष गान्धी प्रसाद. भण्डारी, सदस्य गौतम कुमार लामा, जिल्ला अध्यक्ष यादव ओली,उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, बसन्त लामा लगायतको आतिथ्य रहेको थियो । संघका इकाई समिति अध्यक्ष दिनेश भट्टराईको सभापतित्वमा भएको साधारण सभामा अध्यक्ष भट्टराईले अध्यक्षको कोषाध्यक्षको तर्फबाट समेत प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा १४ जना मजदुरहरुलाई बिभिन्न शिर्षकमा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।