दमक/ नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज दमक नगर कमिटीको सातौं नगर सम्मेलन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न सम्मेलनले उमेश गजमेरको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा कमल सेञ्चुरी र टंक बराइली, सचिवमा सुमन मोते, उपसचिवमा रोहितबहादुर बिक, सहसचिवमा पवित्रा गजमेर र कोषाध्यक्षमा चन्द्रबिर बिक रहेका छन् ।
त्यस्तै नगर कमिटी सदस्यहरुमा युवा तर्फबाट सविता विश्वकर्मा र प्रदिप दर्नाल खुल्ला तर्फ कमला विश्वकर्मा, खड्गबहादुर विश्वकर्मा, मोहन विश्वकर्मा, दिनेश वर्देवा, टंक बहादुर रणपहेंली, विरबल ठटाल, बिरबहादुर विक, गणेश बराइली लगायत १७ सदस्यीय चुनिएको दमक नगरपालिककी कार्यपालिका सदस्य समेत रहेकी उत्पीडित जातीय मुक्ती समाजकी नेतृ ख्यामकुमारी परियार (सरु) ले जानकारी दिइन् ।