दमक/ दमक ५ का युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरव पाठकले जन्मदिनको अवसर पारेर आइतबार (आज) दमक १० स्थित जनता आधारभूत बिद्यालयका बालबालिकालाई न्यानो स्वीटर वितरण गरेका छन् ।
पाठकले जन्मोत्सवमा गरिने फजुल खर्च कटौती गर्दै सो बिद्यालयका ३० जना बालबालिकालाई न्यानो स्वीटर प्रदान गरेका हुन् ।
बिद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज भण्डारीको अध्यक्षता र सो वडाकी निर्वाचित वडा सदस्य भुमिका आचार्यको प्रमुख आतिथ्यतामा संक्षिप्त कार्यक्रम गर्दै सुन्दर समाज नेपाल नामक सामाजिक संस्थाको समन्वयमा पाठकले जन्मोत्सवको खुशीयालीमा बालबालिकालाई स्वीटर प्रदान गरेका हुन् ।