भद्रपुर/नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम गएराती सार्वजनिक भएको हो ।
सो निर्वाचनबाट उपशाखाको सभापतिमा रेमप्रसाद खरेलसहित प्यानलनै विजयी भएको छ । सभापतिमा खरेल कूल ३९७ मत ल्याएर निर्वाचित भएका छन् । सभापति पदका अर्का प्रत्यासी सुरेन्द्र बाह्रकोटीले २५७ मत पाएका छन् ।
महिला उपसभापतिमा पुण्यकुमारी लामिछाने ३७० मत ल्याएर निर्वाचित हुँदै गर्दा उनकी प्रतिस्पर्धी तुलसादेवी आचार्यले २७२ मत पाएकी छिन ।
खरेल नेतृत्वकै प्यानलका नितेश साहले ३५४ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिस्पर्धी खिबराज भट्टराईले २८४ मत ल्याएका छन् । त्यसैगरी कोषाध्यक्षमा बलराम गिरी ३४४ मत ल्याएर निर्वाचित भएका छन् भने कुशवराज मैनालीले २९० मत पाएका छन् ।
महिला सदस्यमा गीतादेवी तिम्सिना भण्डारी ३६६ मतसहित निर्वाचित भइन् भने खुल्ला सदस्य तर्फ भानु भण्डारी ४१३ मत, अग्नीप्रसाद शिवाकोटी ४०७ मत , रामप्रसाद खरेल ३८९ मत र मनकुमार शर्मा ३३९ मत ल्याएर निर्वाचित भएका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
उप सचिवमा कुमार खतिवडा र उपकोषाध्यक्षमा बालकृष्ण सोडारी यसअघिनै निर्विरोध निर्वाचित भइसकेका थिए ।