दमक/ झापाको दमकका तीन युवक लागुऔषधसहित पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नम्बर १ का २९ बर्षिय किशोर खवास, सोही ठाउँका २८ बर्षिय सुरज राजबंशी र २८ बर्षिय सुनिल साह रहेका छन् ।
मंगलबार दिउँसो करिब साढे ३ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नम्बर ४ स्थित भारतबाट नेपाल तर्फ आउदैं गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

सुनिलले फ्याँकेको  प्लाष्टिकजन्य बस्तु हेर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक सहित २ ग्राम ५२० मिलिग्राम, प्लाष्टिक बाहेक १ ग्राम ६७० मिलिग्राम फेला परेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए ।

Facebook Comments Box