दमक/ झापाको दमक १० सेतुमारी चोक नजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।
सेतुमारी चोकबाट बालुबथान तर्फ जादैं गरेको प्रदेश नम्बर १–०१–०१५ प १७९३ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हँुदा मोटरसाईकलमा सवार झापा गौरादह नगरपालिका वडा नम्ब। ५ की ३२ बर्षिया जमुना धिमाल र सोही ठाउँकी २५ बर्षिया मनचरी भनिने ओम कुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राती करिब १० बजे भएको सो मोटरसाईकल दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ का २७ बर्षिय बिराज थापा घाईते भएका छन । दुर्घटनापछि घाइते तीनै जनालाई उपचारका लागि दमक अस्पताल दमक पठाइएकोमा घाईते ति महिलाको उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिए । चालक थापाको थप उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।