विर्तामोड/ अटिजमको समस्याका कारण घरमा साँग्लोले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ बर्षिय एक बालकलाई उद्धार गरि काठमाडौंस्थित कान्ति बाल अस्पताल लगिएको छ ।
पाँच बर्षको हुँदा नहुँदै देखि बुबा आमा सम्पर्कमा नरहेका अर्जुनधारा नगरपालिका वडा नं ४ का १४ वर्षीय आदित्य दाहाल ८४ बर्षिया हजुरआमाको साथमा थिए ।
उनलाई घरमा साँग्लोले बाँधेर राख्नुपर्ने बाध्यताको अवस्थाबारेमा अर्जुनधारा ५ का कौशल भण्डारीले उपचारमा सहयोगी चिकित्सकहरुसँग परामर्श गर्दै जाँदा डा. गोपाल सेढाइँले उनको उपचार कान्ति बाल अस्पतालमा सम्भव रहेको बताएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मार्फत स्वास्थ्य मन्त्री प्रदिप पौडेलसँग कुराकानी गरेर त्यसतर्फ लगिएको हो ।
आवश्यक उपचारको अभावमा छटपटाइरहेका आदित्य जन्मदै अटिजमको लक्षण भएका थिए । उनी जन्मिएपछि उनका आमाबाउ पनि पाँच महिनाको उमेरदेखि सम्पर्कबिहिन भएका र घरमा ८४ वर्षीय हजुरआमाका साथमा उनीलाई साङ्लोले बाँधेर खोर भित्र राखिएको थियो ।
उनका उपचारका लागि यसअघि पनि प्रकृया हुँदै नभएको भने होइन । केही वर्ष अगाडी विएण्डसी अस्पतालका मालिक दुर्गा प्रसाइँले लगेर बिएण्डसीमा उपचार गर्छु भनेर शुरु गरेका थिए । तर उनको उपचार त्यहाँ राम्रो नभएपछि उनी फेरि खोरमानै बाँधेर राख्नु पर्ने अवस्थामा पुगेका थिए ।
केही दिनअघिदेखि त्यहाँका स्थानीय बासीहरूले कुरा गरेका र अर्जुनधारा ५ का कौशल भण्डारीले डाक्टर सेडाइँसँग बुझ्दा उपचार सम्भव छ भने कान्ति बाल अस्पतालमा मात्रै सम्भव छ नभए उपचार छैन भनेर भनेपछि महामन्त्री शर्मा र स्वास्थ्य मन्त्री पौडेलको सहयोगमा उनलाइ काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारका लागि लगिएको स्थानीयहरुले बताएका छन् ।

Facebook Comments Box