दमक/ झापाको कमल ५ स्थित मंगलमय माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिति सर्वसम्मत चयन भएको छ । समितिको अध्यक्षमा स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्व टिकाराज सापकोटा सर्वसम्मत चयन भएका छन् ।
विद्यालयमा आयोजित अभिभावक भेलाले सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चयन गरेको र नियमानुसार व्यवस्थापन समितिका सदस्यहरुले सापकोटालाई सदस्य मनोनित गरि व्यवस्थापन समिति अध्यक्षमा चयन गरेका हुन् ।
चार सदस्यीय विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा शोभा तिम्सिना ,तोम प्रसाद बाँस्कोटा ,सावित्रा उप्रेती दाहाल र हरिलाल ताजपुरिया रहेका छन् ।
समितिको सदस्य सचिवमा प्रधानाध्यापक मोहन बगाले पदेन रहनेछन भने वडाध्यक्ष लालबहादुर विष्ट र शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने पदेन सदस्य रहनेछन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा त्यसअघि भएको भेलाले प्रेम वहादुर कार्की, गंगा मेचे , कमला खड्का , पुण्य प्रसाद खतिवडा , अमित थापा , कर्ण बिक्रम दाहाल र शान्तिराम खतिवडा रहेको ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको थियो ।