दमक/ झापाको दमकमा पहिचान नखुलेको सवारीको ठक्करबाट घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने मोरङक छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
१९ दिन अघि पूर्वपश्चीम राजमार्ग अन्तर्गत दमक क्याम्पसमोड एरियामा तत्काल पहिचान नखुलेको सवारी साधनको ठक्करबाट घाईते भइ उपचारका क्रममा रहेका दमक ५ का कमल खरेलको आइतबार राती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई कन्काई नदीमा अन्त्येष्टीका लागि लगिएको छ । त्यसैगरी आइतबार राती सुन्दरहरैचा नगरपालिका–९ सलकपुर ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१–०२–०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका–३ हसन्दह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै विराटनगर महानगरपालिका–७ हाटखोलामा को. १ ख ३४८० नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका–२ का २६ बर्षीय मान बहादुर लिम्बुको मृत्यु भएको छ ।
लिम्वुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box