झापा/ झापाको झापा गाउँपालिका–६ की ८३ वर्षीया फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ बस्ने अशोक यादव रहेका छन् ।
लगत्तै जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालय र प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरीले खोजीका क्रममा दुई जनालाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गर्न सफल भएको थियो ।