दमक/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको ऐतिहासिक एवम् धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको उदघाटन तथा अतिथि गृहको शिलान्यास गरेका छन् ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व सतासी खोलाको तटमा ८७ वटै धारा बनाउने अवधाराणा अनुसार जनस्तरबाट सहयोग जुटाएर धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।
नवनिर्मित धारा मुस्ताङ जिल्लाको मुक्तिनाथ धाममा भएको १०८ धारा पछिको दोस्रो भएको दावी गरिएको छ । सताक्षीधाममा आउने भक्तजनहरुले ८७ धारामा स्नान गरेर मन्दिरमा पूजा गर्नेछन् ।
यसैबीच सताक्षीधाममा अतिथि गृहको पनि आजै शिलान्यास गरिएको छ । अतिथि गृह तीन तल्लाको हुनेछ ।

अथिति गृह शिलान्यासको क्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोग रहने बताए ।
५१ कोठाको हुने अतिथि गृह भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, पूर्व सांसद तारासम योङ्या, नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।