दुर्घटनाका घाईतेको उपचारका क्रममा मृत्यु

Author Nishkarsha News
२०८१ मंसिर १२, बुधबार २१:५९

धनकुटा/ मोटरसाइकल दुर्घटनामा घाइते भएका रिजन कटुवालको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पाख्रिबास नगरपालिका ९ का १८ बर्षीय समिर राइले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका ३ का १८ वर्षीय कटुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

फरार चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोमबार पाख्रीबास नगरपालिका ९ उत्तरपानीस्थित (हिले–छिन्ताङ) भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा उहाँ घाइते हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले को ३० प ८८७४ नम्बरको मोटरसाइकलसहित राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्