दमक/ झापाको दमकमा लैंिगक हिंसा विरुद्ध १६ दिने अभियानको शुरुवात भएको छ । सोमवारदेखि दमकको गणतन्त्र चोकबाट हिंसा विरोधी नारासहितको प्रभातफेरी गर्दै यो अभियान शुरु गरिएको हो ।
दमक नगरपालिकाको नेतृत्वमा दमकमा क्रियाशील महिला अधिकारवादी तथा अन्य सामाजिक संघ संस्थाहरुको सहभागितामा प्रभात फेरीको आयोजना गरी यो अभियान प्रारम्भ भएको घोषणा गरिएको हो ।
सो प्रभात फेरी वजार परिक्रमा गरि नगरपालिकामा पुगेर समापन गरिएको थियो । सबैको अपनत्व हुने गरि लैगिंक हिंसा विरुद्धको सो राष्ट्रिय अभियान १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले जानकारी दिइन् ।
दमक नगरपालिकासहित विभिन्न सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजनामा निकालएर्को यालीसहितको जनचेतनामूलक अभियानको नगर प्रमुख रामकुमार थापाले शुभाम्भ गर्दै सभ्य समाज निर्माणमा सिंगो समुदाय जागरुक हुनुपर्नेमा जोड दिए ।


सो प्रभातफेरीमा नगरपालिकासहित नेपाल प्रहरी, दमक उद्योग वाणिज्य संघ, स्काउट, होटल व्यवसायी संघ, रोटरी क्लव अफ दमक, मेची महाकाली बुहारी समाज, आम्दा अस्पताल लगायतका दर्जनौं विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु सहभागि थिए । अभियानलाई प्रभावकारी बनाउन नौमती वाजाको प्रस्तुतिसहित विभिन्न विद्यालयका स्काउटका विद्यार्थीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
अभियान समापनका क्रममा सहभागी वक्ताहरुले लैङ्गिक हिंसा सधैका लागि अन्त्य नभएसम्म समृद्ध समाज निर्माण गर्न चुनौती हुने भन्दै लैङ्गिक हिंसा विरुद्ध सिंगो समाज लाग्नुपर्ने जोड दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख भट्टराई ,कार्यपालिका सदस्य शारदा भट्टराई , कांग्रेस नेतृ चन्द्रा खड्का , एमाले नेतृ लीलादेवी ढुंगेल लगायतका वक्ताहरुले लैंगिक हिंसा अन्त्यमा समाजको भुमिकाका बिषयमा धारणा राखेका थिए ।

 

Facebook Comments Box