दमक/सोमबार साँझ मोरङको पथरीमा भारतीय ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुलेको छ ।
पश्चीमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय ट्रकको ठक्करबाट प्रदेश १–००२–०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका ११ का २५ वर्षिय टार्जन राईको घटनास्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।
राईको शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको बताईएको छ ।
भारतीय ट्रक र ट्रकका चालक ४२ वर्षीय दिनेशकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका मृतकको पहिचान खुल्यो
Nishkarsha News
२०८१ मंसिर १०, सोमबार २१:५२