दमक/ झापा दमकका व्यवसायीहरुका लागि व्यवसाय सुधार सम्बन्धिको चार दिने कार्यशाला बिहिबार सम्पन्न भएको छ ।
दमक उद्योग वाणिज्य संघको आयोजना र अन्तारष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले बिषम परिस्थितीका बीच व्यवसाय प्रवद्र्धनको लागि व्यवसायीहरुले गरेको प्रयत्न आफैंमा महत्वपूर्ण रहेको बताए ।
तालिमको मुख्य प्रशिक्षकका रुपमा बाबुराम रानाभाटले सहजीकरण गरेका थिए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा भएको तालिममा सहभागीहरुले व्यवसायीहरुको सीप र ज्ञानको बिकासले मात्रै व्यवसायिक क्षेत्रमा सफलता मिल्नेमा जोड दिएका थिए ।

Facebook Comments Box