नविन योगी झापा, दमकको शैक्षिक क्षेत्रमा परिचित युवा पुस्ताको नाम हो । सामाजिक तथा शैक्षिक जगतमा क्रियाशील दमक ९ का स्थायीबासिन्दा योगी दमक ५ मा फरक विशेषता भएको सर्वोदय इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल हुन् ।
निजी तथा संस्थागत बिद्यालयहरुको संगठन प्याव्सन दमक नगर समितिका विभिन्न पदमा कुशलतापूर्वक सफल नेतृत्व गरिसकेका छन योगीले ।
राजनीतिक आस्था विचार भन्दा माथि उठेर सामाजिक तथा शैक्षिक क्षेत्रमा अघि बढे मात्रै शैक्षिक क्षेत्र उज्यालो बनाउन सकिन्छ भन्ने मान्यता राखेर प्याव्सनमा नेतृत्वदायी भुमिका निर्वाह गरि आएका छन योगीले ।
प्याव्सन दमक नगर समितिमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरिसकेका योगीले आसन्न मसिंर ८ गते हुने प्याव्सन दमक नगर अधिवेशनमा आफूलाई अध्यक्ष पदको उम्मेद्वारको रुपमा प्रस्तुत गरेका छन् ।
संगठनमा निरन्तर क्रियाशील रहँदै आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका कारणनै आफूलाई अध्यक्षका लागि योग्य दाबी गर्दै उम्मेद्वारी पेश गरेका योगी भन्छन– कुनै पनि संगठनमा नेतृत्वको अभ्यास निरन्तर हुनुपर्छ ।
संगठनको नेतृत्व लिन निरन्तरता , सक्रियता र कार्यक्षमता प्रमुख बिषय हुने भएकाले आफूलाई सहज रुपमा अध्यक्षको उम्मेद्वारका रुपमा उभ्याएको र अग्रज नेतृत्वगणबाट सकारात्मक प्रतिक्रिया पाएको योगी बताउँछन् ।
समाजशास्त्रमा स्नाकोत्तर तह हासिल गरेका अध्यक्षका प्रत्यासी उम्मेद्वार योगी यस क्षेत्रमा रहेको आफ्नो ज्ञान र अनुभवलाई संस्थाको र समग्र शैक्षिक क्षेत्रको हितका लागि खर्चिने लक्ष्य रहेको बताउँदै भन्छन– मैंले आर्जेको  ज्ञान अनुभव र अग्रजहरुको राय, सुझावलाई अंगालेर सामुहिक नेतृत्वको अभ्यासमा लाग्नेछु ।

 

Facebook Comments Box