दमक/  झापाको कमल गाउँपालिकामा स्थापना भएको नवजागणरण महिला समाजको कार्यालय उदघाटन गरिएको छ ।
महिला अधिकारका क्षेत्रमा वकालत गर्दै उनीहरुको सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको सो संस्थाले केर्खामा आफनो कार्यालय सञ्चालनमा ल्याएको हो ।
कमल ३ केर्खास्थित फाल्गुनन्द टोलमा सञ्चालनमा ल्याईएको सो संस्थाको कार्यालय कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उदघाटन गरेका छन् ।
सो अवसरमा अध्यक्ष राईले समाज रुपान्तरणमा सवै क्षेत्र,समुदायको उत्तिकै भुमिका हुनुपर्नेमा जोड दिए ।
बिष्णुमाया वेघाको अध्यक्षतामा गठित सो संस्थाले महिलाहरुको नेतृत्व र व्यक्तित्व बिकाससँगै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा समेत काम गर्ने संस्थाकी सचिव रिता खतिवडाले बताईन् ।
गठित समितिको उपाध्यक्षमा तिला खरेल, सचिवमा खतिवडा ,सहसचिवमा सिता खड्का र कोषाध्यक्षमा कमलादेवी दाहाल तथा सदस्यहरुमा बालकुमारी प्रसाई, सबनम लिम्बू,टंक कुमारी ढकाल, नैना कला सेडाई,शुशिला पाण्डे र कमला भण्डारी रहेका जनाइएको छ ।
कार्यालय उदघाटन कार्यक्रममा कमल १ का वडाअध्यक्ष केदार कटुवाल, कमल ३ का वडाअध्यक्ष अग्नी कोइराला, कमल ६ का नरेन्द्र भटटराई, उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल , समावेशी महिला सशक्तिकरण केन्द्रकी अध्यक्ष पूर्णिमा देवान, फाग्नुनन्द टोल विकास संस्थाकी अध्यक्ष शेलिना राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी सहसचिव सीता खड्काले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box