दमक/ झापाको कनकाई नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा ९ उम्मेद्धारले उम्मेद्धारी दर्ता गराएका छन ।
निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रम अनुसार आइतबार तोकिएको समय भित्र नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गानेशन, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरि ९ जनाले उम्मेद्धारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिए ।
उम्मेद्धारी दर्ताका लागि सबै दल र स्वतन्त्र उम्मेदवार समेत आफ्ना समर्थकहरुसहित निर्वाचन दर्तास्थल पुगेका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा कनकाई ६ को वडाध्यक्षमा निर्वाचित दिर्घबहादुर थापाको गत असारमा मृत्यु भएका कारण रिक्त सो पदमा यहि मसिंर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
नेपाली कांग्रेसका राम गोपाल ओली, नेकपा एमालेका तुलाराम बस्नेत, माओवादी केन्द्रका गणेश थापा, रास्वपाका लक्ष्मी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायणप्रसाद निरौला, मंगोल नेशनल अर्गानाईजेशनबाट पदमबहादुर तामाङ, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, जनमत पार्टीबाट शुकलाल राजवंशी, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठको उम्मेद्धारी दिएका झापा कनकाई नगरपालिका ६ का मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिए ।