पूर्व सभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो साढे १ बजे ८३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । उनका श्रीमती,दुई छोरा र एक छोरी छन् । उनको भोली सोमबार अन्त्येष्टि गरिने छ ।