दमक/ नेपाल जेसीजको आयोजनामा चितवनको देवघाट जेसीजको आतिथ्यमा जेसीआई नेपाल एकाडेमी २०२४ मा दमक जेसीजले सहभागिता जनाएको छ ।
दमक जेसीज बर्ष २०२४ का महासचिव सहदेव भट्टराईको नेतृत्वमा जेसीजमा आवद्ध युवा व्यवसायी एवं पेशाकर्मीहरुको ७ सदस्यीय टोलीले सो एकाडेमीमा सहभागिता जनाएको हो । सो टोलीमा सरोज ढकाल, साजन श्रेष्ठ, रुवल अधिकारी, पुजन चौधरी, राजेन्द्र बिमली र लोकनाथ सापकोटा सहभागी छन् ।
सो तालिममा नेपाल भारतका जेसीज नेतृत्वहरु प्रमोदकुमार, निशा चन्दक र सेवक बजगाइँले प्रशिक्षकको भुमिका निर्वाह गरिरहेका छन् ।
१४ नोभेम्बरदेखि १७ नोभेम्बर सम्म सञ्चालन भइरहेको सो एकाडेमीको मुल उद्धेश्य युवाहरुलाई नेतृत्व र व्यक्तित्व बिकासमा सघाउ पुरयाउनु र समसामयिक बिषयहरुमा प्रशिक्षित गर्नु रहेको आयोजकले जनाएको छ ।

Facebook Comments Box