दमक/झापाको दमक ३ मा दिपज्योती टोलमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
आज आइतबार बिहान करिब २ बजे सो ठाउँका ४५ बर्षिय मिनबहादुर भण्डारीलाई हात्तीले लछारपछार पार्दा घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

हात्तीेले छिमेकी सुविन भट्टराईको भान्सा घरमा बिगार गर्न खोजेपछि छिमकी भण्डारी हात्ती धपाउँदै त्यता तर्फ आएका थिए । उनलाई हात्तीले एक सय मिटर टाढा सम्म लखेटेर लछारपछार पारेको बताइएको छ ।

दमक ३ का वडाध्यक्ष नबिन बरालले चुरे क्षेत्रमा देखापर्ने हात्तीले त्यस भेगमा हरेक बर्ष एक÷दुई जनाको ज्यान लिने गरेको बताए । हात्ती आहार खोज्दै गाउँतिर पस्नाले जोखिम बढेको र रातैभर दुख दिने गरेको स्थानीयबासी बताउँछन् ।

 

Facebook Comments Box