दमक/ झापाको मेचीनगर नगरपालिका वडा नं १० मा निन्दा खोला नजिकै एक नवजात शिशु (छोरी) बेवारिसे अवस्थामा फेला परेकी छिन् ।

बिहिबार बिहान करिब ६ः३० बजे खोला नजिकै घाँरीमा साल नाल सहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकेर रगताम्य भएको अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिका वडा नं.११ की ईन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाकमा निस्किएको समयमा शिशु फेला पारेर दिउँसो १ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाएकी थिइन् । शिशुलाई १० नम्बर वडा कार्यालयसंग प्रहरीले आवश्यक समन्वय गरी जिम्मा बुझाएको जनाइएको छ । सो बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box