हरिबोधिनी एकादशी आज तुलसी र दामोदरको ‘विवाह’ गराई मनाइँदै छ । चार महिनासम्म भगवान् विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्छन् । त्यसपछि यस दिन तुलसी र दामोदरको विवाह गराइन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिनसम्म तुलसीको विशेष पूजा-आराधना गर्ने गरिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग ‘विवाह’ र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउन लागिएको हो ।

सुनसरीको बराहक्षेत्र धाममा भोलिदेखि एकादशी मेला सुरु हुने भएको छ । हरिबोधिनी एकादशीका अवसरमा चल्ने मेला पूर्णिमासम्म रहनेछ ।

कार्तिक शुक्ल त्रयोदशी अर्थात् बुधबार निशान यात्राले नगर परिक्रमा गरी वराहक्षेत्र मन्दिर प्रस्थान गर्ने छ । चतरा मठमा औलिया बाबाको गद्दी स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट वराहक्षेत्र लाने गरिएको छ ।

औलिया महामुनी पीठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा वराहक्षेत्रमा एकादशी मेला सुरु हुने गरेको छ ।

वराहक्षेत्र कात्तिके मेलाका नाममा बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।   

Facebook Comments Box