हरिबोधिनी एकादशी आज तुलसी र दामोदरको ‘विवाह’ गराई मनाइँदै छ । चार महिनासम्म भगवान् विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्छन् । त्यसपछि यस दिन तुलसी र दामोदरको विवाह गराइन्छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिनसम्म तुलसीको विशेष पूजा-आराधना गर्ने गरिन्छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग ‘विवाह’ र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउन लागिएको हो ।
सुनसरीको बराहक्षेत्र धाममा भोलिदेखि एकादशी मेला सुरु हुने भएको छ । हरिबोधिनी एकादशीका अवसरमा चल्ने मेला पूर्णिमासम्म रहनेछ ।