कमल/ झापा कमल गाउँपालिका वडा न.१ गरुडमारीका खगेन्द्र थापाको घरमा आगलागी भएकाे छ ।
आज साेमबार दिउँसो ३.५० बजे थापाको बाँसको टाटीबेरा र टिनको छानो भएको भुइ घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घर र घरमा भएको नगद ५० हजार, भाडावर्तन, अन्नपात, लताकपडा गरी अन्दाजी ३ लाखबराबरको क्षति भएको छ । आगो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाउँपालिकाको दमकलको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कमल गाउँपालिकाकै वडा नं २ समयगढका चन्द्र श्रेष्ठको घरमा पनि अघिल्लो दिन आगलागी भएको थियो ।