सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शिक्षक प्रेमबहादुर बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् ।
पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर बसेको डाँका समूहले पैसा लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका हुन् ।
बम्जन बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।