दमक/ झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका– ५पाडाजुँगीबाट कमल गाँउपालिका– ५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस– १०८पिस, ट्रामाडोल– ८० पिस र एन्टिकफ– २४पिस फेला पारेर नियन्त्रणमा लिएको हो ।
यसैगरी अस्थाइ प्रहरी पोष्ट बलिया मोरङको टोलीले मोरङ सुन्दरहरैचा– ४ का ४२ वर्षिय राजु राईलाई लागुऔषध ब्राउनसुगर ४२ मिलिग्रामसहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box