दमक/ भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमी अतिक्रमण गरेको विरोधमा आज झापाको सदरमुकाम चन्द्रगढीमा नेविसंघका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेविसंघ झापा जिल्ला समिति र मेची क्यम्पसको स्ंयुक्त आयोजनमा सदरमुकाम चन्द्रगढीमा आज शुक्रबार बृहत र्यालीसहित प्रदर्शन गरेको हो ।
मेची क्यम्पसबाट शुरु भएको रयाली क्यम्पसमोड, एसपी मोड, जिल्ला प्रशासन कार्यलय ,लेखनाथ चोक हँुदै चन्द्रगढीको ट्रेड युनियन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई संघका जिल्ला सभापति भुवन बुढाथोकीले सम्बोधन गर्नुभएको जिल्ला सचिव तथा दमक बहुमुखी क्याम्पस स्ववियु सभापति बिनोद चापागाईले जानकारी दिनु भयो ।