दमक/ झापामा दुई दिन अघि कारको पछाडी मोटरसाइकल ठोक्किएर भएको दुर्घटनाका घाईते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका वडा नं. ७ टोकला चियाबगान स्थित पुर्व पश्चिम राजमार्गमा काँकरभिट्टाबाट ईटाभट्टा तर्फ जादैं गरेको बा ६० प २५३७ नम्बरको मोटरसाईकलले ब्याक गर्दै गरेको BAA–8587 नम्बरको कारमा पछाडिबाट ठक्कर दिँदा मोटरसाईकल चालक सो ठाउँका २५ बर्षिय राजमान बि.क घाईते भएका थिए ।
उनको उपचारका क्रममा शुक्रबार राती साढे ९ बजे बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
मोटरसाइकल, कार र कार चालक रामेछाप खाँडादेवी गाँउपालिका वडा नम्बर ४ का ३४ बर्षिय दिनेश कंडेललाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।