शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ नहर चोकबाट बिहिबार राती तास खेल्ने समुहका १८ जनालाई चार लाख भन्दा बढी नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
सो ठाउँका ६२ बर्षिय चन्द्रमणि रिमालको घरमा बिहिबार रातीदेखि तास खेलेर बसेका रिमालसहितको सो समुहलाई शुक्रबार बिहान १.३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
सो ठाउँबाट नगद ४ लाख ५४ हजार ५ सय रुपैयाँ र तास बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा घर धनी रिमाल शिवसताक्षी ५ का ३३ बर्षिय मुकेश राउत, वडा नं ११ का ४५ बर्षिय राजेन्द्र बास्कोटा , वडा नं ४ का सेवराज राजवंशी, वडा नं ७ का छत्रबहादुर सोडारी, वडा नं ६ का लोकनाथ दुलाल, वडा नं ११ का दिपेन्द्र घिमिरे रहेका छन् ।
त्यसैगरी वडा नं ९ का मिराज दुलाल, वडा नं ४ का रुप नारायण साहा, वडा नं ७ का मणी खड्का वडा नं ११ का राजु दर्जी, तुला सुब्बा, सितारम कार्की, खडी बहादुर श्रेष्ठ, राजेन्द्र बुबर वडा नं ४ का मनोज साहा, वडा नं ९ का मोहन प्रसाद दुलाल र गौरीगञ्ज १ का हरी राजवंशी समेत पक्राउ परेका छन् ।