दमक/  बिहिबार राती झापाका दुई स्थानमा आगलागी हुँदा लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापाको झापा गाउँपालिका वडा नं ३ सिमलबाडीका बसिया हेमरमको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यहाँ हेमरमको भान्सा घरमा बालेर छोडिएको आगो सल्किएर भएको आगलागीमा जस्तापाता लगाइएको घर, भान्सा घरसहित कुखुरा आदि समेत जलेर नष्ट भएको जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यस्तै विर्तामोड नगरपालिका वडा नं ८ को प्याकुरेल चोकमा रहेको शिवलाल गौतमको घरको भान्सा कोठामा राती करिब साढे ८ बजे आगलागी हुँदा दुई वटा सिलिण्डर ग्याँस पड्किएका छन् । त्यहाँ अन्य सरसामान समेत जल्दा करिब १० लाख बराबरको धनमाल नोक्सान भएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए । आगो निभाउने क्रममा मोहन तिम्सिना सामान्य घाईते भएका छन् । त्यहाँ लागेको आगो विर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको संयुक्त प्रयासबाट करिब साढे ९ बजे निभाईएको थियो ।

Facebook Comments Box