कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।

मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएको मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव रेवत कुमार बस्नेतले  जानकारी दिए ।

‘मन्त्रीज्यूले मुख्यमन्त्रीलाई राजीनामा बुझाइसक्नुभयो,’ उनले  भने,‘अब स्वीकृत हुन्छ केहिबेरमा, राजीनामा स्वीकृत भएपछि मन्त्रीज्यूले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा भन्नुहुन्छ ।’

मन्त्री अधिकारी मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका थिए ।

Facebook Comments Box