दमक/ झापाको गौरादह नगरपालिका वडा नं ७ जामबारीमा एउटा गोरुले हानेर घाईते भएका सोही ठाउँका ४८ बर्षिय कृष्ण शर्माको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार आफैंले पालेको गोरुले हानेर घाईते भएका शर्माको नोवल अस्पताल विराटनगरमा आज बिहिबार अपरान्ह करिब साढे चार बजे उपचारका क्रममा मृत्यु भएको हो । गोरुले हानेर शर्माका सात वटा करङ भाँचिएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोही गोरुले हानेर शर्माका छिमेकी ४५ बर्षिय रविन राजवंशी घाईते भएका छन् ।
गोरुले हानेर गौरादहमा एकको मृत्यु, एक घाईते
Nishkarsha News
२०८१ कार्तिक १५, बिहीबार २१:२६