दमक/   दमक र बेलबारीमा भएका अलग अलग दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै अर्का एक जना गम्भिर घाईते भएका छन् ।

मोरङ बेलबारी नगरपालिका २ किस्तीपुल स्थित पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोकतर्फ जाँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८ प ६१३२ नं. स्कुटरलाई किच्दा चालक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा खुकु घर भई धरान १५ मा बस्दै आएकी ४३ बर्षिया भिमा राई रहेकी प्रहरीले जनाएको छ ।

उनको कोशी अस्पताल बिरानगरमा उपचारका क्रममा मृत्यु भएको हो । विपरित दिशाबाट आउदै गरेको मे १ ख २७९१ नम्बरको बसमा ठोक्किएर लडेकी राईलाई टिपरले किचेर मृत्यु भएको हो । बसका चालक मेचीनगर ७ का ४० बर्षिय नेत्र दर्जी र बस प्रहरी नियन्त्रणमा रहेको छ । त्यसैगरी बिहिबार दमक नगरपालिका वडा न. २ त्रिबेणी चोकस्थित भित्री पक्कि सड्क खण्डमा हिमालय माविबाट बेलडागी तर्फ जाँदै गरेको प्रदेश न. १–०१–०१५ प.३१५३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक ३ बेलडाँगीका ५० बर्षिय ज्ञानु चिमारीया गम्भिर घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ । उनको तत्काल दमक अस्पताल दमकमा उपचार भईरहेको जनाइएको छ ।

 

Facebook Comments Box