दमक/ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकले २८ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।

बुधबार आफनै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि संस्थाले बार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष रवि केसीसहित कार्यसमिति ,लेखा समितिका पदाधिकारी र सदस्यहरुले सामूहिक रुपमा प्रतिवेदन पुस्तिका सार्वजनिक गरेका हुन् ।

भोली (शुक्रवार) हुने संस्थाको साधारण सभाको सन्मुख पारेर बिहिबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।
संस्थामा आफूहरुले जिम्मेवारी सम्हालेपछि नीतिगत तथा प्रत्यक्ष रुपमा उपभोक्ता हितका लागि काम गर्न सफल भएको अध्यक्ष केसीले उल्लेख गरे ।
उनका अनुसार संस्थाले उपभोक्तालाई थप सुविधा दिन गएको साउन १ देखि ८ यूनिट सम्म पानीको महषुल ५० रुपैया कायम गरिएको , धारा जडान वापत विगतमा लिई आएको १५ हजार ३ सय शुल्कलाई घटाएर १२हजार ३ सय कायम गरिएको , विपन्न वर्गका लागि निशुल्क सार्वजनिक धारा जडान गर्ने लगायका काम गरेको उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आगामी कार्ययोजनाका विषयमा समेत जानकारी गराए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण थापाले पानीको गुणस्तर र आपूर्तिमा आउने उपभोक्ताहरुको गुनासो केन्द्रित जवाफ दिएका थिए ।  २०५१ सालमा स्थापना भएको खानेपानी संस्थामा हाल उपभोक्ताको संस्था १३ हजार ६६ पुगेको छ । संस्थाले दमकका ३ र १० बाहेकका ८ वटा वडाका बासिन्दालाई शुद्ध पिउने पानी उपलव्ध गराउदै आएको थापाले बताए ।

जसमध्ये दमक ५ मा २८६० धारा छन् भने सवैभन्दा कमी दमक ४ मा ४७५ घरधुरीमा धारा छ । संस्थाले पानी महसुल लगायतबाट गएको आर्थिक वर्ष २०८०– ८१ मा ८ करोड २५ लाख १३ हजार ८ सय कुल आम्दानी गर्न सफल भएको उल्लेख छ । सोही बर्ष ४ करोड ६८ लाख ५ हजार ४८ रुपैया खर्च भएको र त्यसमध्ये ३ करोड ५७ लाख ८ हजार ७ सय ८४ रुपैया कुल बचत गर्न सफल भएको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

Facebook Comments Box