सभामुखले बोलाए छलफल

Author Nishkarsha News
२०८१ कार्तिक ६, मंगलवार ०९:४२

काठमाडौं/ सभामुख देवराज घिमिरेले संयुक्त छलफलका लागि संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका छन् ।

सभामुखले ६ वटा समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । छलफल आज (मंगलबार) बिहान साढे ११ बजे हुनेछ ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले छलफलका संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाइएको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्