दमक/ झापा, कमल गाँपालिकाका अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा स्थानीय युवाहरु गाउँको सौन्दर्यकरण आ-आफ्नो वडाको पहिचान गराउने अभियानमा जुटेका छन् । चाडपर्वको उल्लासबीच उनीहरु दैनिक जसो श्रमदानमार्फत गाउँ सौन्दर्यकरणकोलागी जुटेका हुन् ।

    अध्यक्ष राई आफै श्रमदानमा निस्केपछि गाउँबासि युवाहरुले पनि उत्तिकै साथ सहयोग गरेर लागेका हुन् । अभियानका रुपमा गाउँघरका बाटाघाटा सरसफाई गरि रंगरोगन गर्नेदेखि विजुली विस्तार गर्नेसम्मका कामलाई जारी राखेका छन् ।

पछिल्ला समय कमलको पाडाजुंगी चौंकदेखि गौरादह जोड्ने सडकलाई स्तरन्नति गरिएसंगै त्यस सडकको सौन्दर्यतामा पालिकाले समेत चासो दिएर सहयोग पुरयाँएपछि त्यस सडकको मुहार फेरिनुका साथैं रातीपख झिलीमिली बनेको छ । विजुली बत्तीको महसुल स्थानीय टोल बिकास मार्फत तिर्ने गरी व्यवस्थापन गरिएको कमल ५ स्थित मंगलमय टोल बिकास संस्थाका अध्यक्ष गणेश प्रधानले बताए ।  विजुली विस्तारले सडकको सुन्दरता संगै हिडडुलमा सहजता थपिएको स्थानीयको बुझाई छ ।

तिनै सडक र त्यस सडक संगै जोडिएका भित्री कालोपत्रे सडकमा  स्थानीय क्लव, टोलका बासिन्दाहरुले विगत केहिदिन देखि श्रमदान गरिआएका छन् । आफनो गाउँठाउँको सौन्दर्यकरणमा खटिएका अध्यक्ष राईले सिंगो कमल भरि यस किसिमका अभियान थालिने जनाए । समाज रुपान्तरण गर्न जनप्रतिनिधि मात्र लागेर संभव नहुने भन्दै उनले सवै मिलेर अघि बढे मात्र समृद्धि प्राप्त गर्न सकिने सुनाए । यतिका काम गर्न उनलेनै रंग खरिदको व्यवस्थापन गरेपनि रंग्याउने कार्यमा स्थानीय युवाहरुले साथ दिदैआएका छन् ।

उनका अनुसार गाउँघरलाई हराभरा बनाउन सडक,कल्भर्ट,विजुलीका पोललाई आर्कषक रंग दल्नुका साथैं विजुली विस्तारका काम धमाधम भईरहेका छन् ।  समाजलाई बदल्न सबै लागे अवश्य पनि सकिन्छ भन्ने आत्मविश्वासका साथ  यो अभियानलाई समाजसंग जोडेको र सकरात्मक सन्देस दिन पनि यसलाई अघि बढाएको उनको भनाई छ ।

मुख्यगरि, कमल ५ को मंगलबारे बजार देखि मैना खोत्ता बरपिपल चोकसम्म बिजुलीको पोल र कल्भटमा रङ  लाउने काम सकिएको छ ।   भने मंगलबारे बजारदेखि गेउरिया  खोलासम्म रङ रोगन गर्ने काम सकिएको अभियानमा खटिएका सगुन युवा क्लवका अध्यक्ष देवेन्द्र आङदेम्बेले बताए । कमल -५ र ६ मा पर्ने ती सडकको दुवैतर्फका वडा छुट्याउँन संकेतका लागि अलग अलग रंग प्रयोग गरिएको छ ।  अभियानका क्रममा जिम्दार चोक देखि सोनापुर सम्म  विस्तार गरिने जनाइएको छ ।    वडा नं १ देखि ७ सम्म कूल ७ वडा रहेको कमल गाउँपालिका भित्र सबै वडाको भुगोल पहिचान गराउन अलग अलग रंगको प्रयोग गरि सौन्दर्यकरणसँगै गाउँबासीमा एकताको सन्देश समेत दिने विश्वास गरिएको अध्यक्ष राईको भनाई छ ।

Facebook Comments Box