कमल / पूर्व पश्चीम लोकमार्ग अन्तर्गत झापाको कमल ५ स्थित पाडाजुँगी नजिकै रवि पेट्रोल पम्प अगाडी यात्रुबहाक बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
शनिबार (आज) करिब १२ः३० बजे दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश न.१–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबहाक बसले सोही दिशा तर्फ जादै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ केराबारी गाँउपालिका वडा न.७ का ५५ बर्षिय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि आक्रोशित मानिसहरुको समुहले बसमाथि ढुङगा, मुडा गरेका छन् ।
बसको सिसा तोडफोड गरेर उनीहरुले आगजनी गरेका र बसको अगाडीको भागमा सामान्य क्षति भएको छ ।
ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय दमकले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर अवस्था सामान्य बनाएको छ ।
दुर्घटनाका कारण राजमार्ग अवरुद्ध हुँदा तत्काल बैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको वातावरण बनाइएको छ ।
बसका चालक जिल्ला गौरादह नगरपालिका वडा नं.१ का ३५ बर्षिय संजय नेपाली इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन ।