दमक/झापाको कनकाई नगरपालिका सुरुङगास्थित कनकाई बहुमुखी क्याम्पसमा प्राध्यापक हटाएको बिषयमा आन्दोलन गरेको सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियुका कार्यकर्ताहरुले क्याम्पस अध्यक्षलाई कालोमासो दलेर  अभद्र व्यवहार गरेका छन् ।

संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई आज त्यस्तो दुव्र्यवहार गरेका हुन् । प्राध्यापक निस्काशनका बिषयलाई लिएर अनेरास्ववियु र क्याम्पस प्राध्यापक संघ करीब एक महिनादेखि आन्दोलनरत छन् ।
आन्दोलनरत पक्षले निष्कासित प्राध्यापकको पुर्नवहालीको माग गर्दै आएका छन् । आजै क्याम्पस संचालक समितिको बैठक बसिसके पछि सो घट्ना भएको हो । आठ महिनादेखिको पारिश्रमिक नपाएपछि प्राध्यापक संघले दशैँ अघि ज्ञापनपत्र बुझाएको थियो ।
संचालक समितिले विद्यालय र क्याम्पस भाँडेको आरोप लगाउँदै दशैँ बिदाको अघिल्लो दिन प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट निस्काशन गरेको थियो ।
क्याम्पसमा बिवाद बढ्दै गएपछि संचालक समितिका सात जना सदस्यले यसअघि नै राजीनामा दिइसकेका छन् ।

Facebook Comments Box